२१ वर्षदेखि फरार भुपेन्द्र भोट हाल्न गाउँ आउँदा पक्राउ



काठमाडौं। साविक पुनरावेदन अदालत पोखराले कैद र जरिवाना सुनाएका लमजुङको मध्यनेपाल नगरपालिका १ जिताका ५१ वर्षीय भुपेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। २१ वर्षदेखि फरार उनी चुनावमा भोट हाल्न गाउँ आएको सूचनाका आधारमा उनलाई पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

२०५७ सालको अन्त्यतिर भएको चोरी तथा डाँकामा संलग्न रहेको आरोपमा उनी २०५८ वैशाखतिर ३ साता प्रहरी हिरासतमा बसेका थिए। लमजुङ जिल्ला अदालतले साधारण तारेखमा छाडेका उनलाई तत्कालीन पुनरावेदन अदालत पोखराले २०६० फागुन ३ गते डाँकाचोरी मुद्दामा ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २ सय ५० रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्