मतान्तर फराकिलो बनाउँदै रेनु, पछि परे विजय



चितवन । चितवनको भरतपुर महानगरमा मेयर उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै गएकी छन्। अहिलेसम्मको मत गणनामा रेनु ३३२६ मतले अघि छन् ।

भरतपुर महानगरपालिकामा मेयर रेनु दाहालले १७९१० मत ल्याएकी छन् भने विजय सुवेदीले १४५८४ मत ल्याएका छन् । यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले ७२३१ मत ल्याएका छन् । कांग्रेसबाट उपमेयर उठेका चित्रसेन अधिकारीले १९८४८ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरूङले ११२१९ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्