काठमाडौंको कागेश्वरी मनोहराको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी



काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहराको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार बिहान सकिएको मतगणना अनुसार कागेश्वरी मनोहराको मेयरमा कांग्रेसका उपेन्द्र कार्की ११ हजार ३ सय २२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण ढुङ्गानाले ८ हजार २ सय ६३ मत प्राप्त गरे। उपमेयरमा भने एमालेकी उम्मेदवार शान्ता थापा विजयी भएकी छिन् । उनले ९ हजार ९ सय ७५ मत प्राप्त गरिन् । उनले माओवादी केन्द्रका भोला चापागाईंलाई पराजित गरिन् । 

चापागाईंले उपमेयरमा ५ हजार ४ सय २२ मत प्राप्त गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा कागेश्वरी मनोहराको मेयरमा एमालेका कृष्णहरि थापा निर्वाचित भएका थिए । उपमेरमा पनि एमालेका उम्मेदवार नै निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्