नेपालगञ्ज उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपा विजयी



नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् । २३ हजार ४६० मतसहित उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत ल्याए ।

यस्तै राप्रपाका नन्द लाल वैश्यले ७ हजार ५९८ मत ल्याए । अघिल्लो निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेर नेपालगञ्जको मेयरमा राप्रपाका धवलशमशेर राणा निर्वाचित भएका थिए । उपमहानगरको उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई १७ हजार ९५० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तीदेवी ढकालले १० हजार ०१५ मत ल्याइन् । यस्तै राप्रपाकी बिन्दु चर्ति मगरले १० हजार १३५ मत ल्याइन् ।

नेपालगन्जमा नेपाली कांग्रेसले मेयर सहित ५ वटा वार्ड जितेको छ भने, जसपाले उपमेयर सहित ६ वार्ड जितेको छ । ५ वटा वार्डमा एमाले, ४ वटामा माओवादी केन्द्र र ३ वार्डमा राप्रपाका वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्