भरतपुरमा रेनु दाहाल ३ हजार २४४ मतान्तरले अगाडि



चितवन । भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले अग्रता बढाउदै लगेकी छन् । ५४ हजार २६४ मतगणना हुदा उनले ३ हजार २४४ मतान्तर कायम गरेकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ४४० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार १९६ मत पाएका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७७९ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९०८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ६६० छ । अहिले वडा नम्बर ११ र १२ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्