पनौतीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी



काठमाडौं । काभ्रेको पनौती नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ। कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए ।

यहाँ  कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो। उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्।  निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए । 

प्रतिक्रिया दिनुहोस्