पशुकल्याण र जनस्वास्थ्य व्यवस्थापन



  • डा. केदार कार्की

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनका अनुसार मानिसहरुमा लगभग ७१ प्रतिशत संक्रामक रोग बाहकहरुबाट फैलिन्छन् । पशुहरुबाट मानिसहरुमा फैलिने रोगहरु लाई प्रभावी रोकथाम र नियन्त्रण गरी पशुचिकित्सकहरु मानवीय सेवामा लगातार प्रयासरत छन् ।

पशु चिकित्सक रहित विश्वको कल्पना नै गर्न सकिन्न । वश्व स्वास्थ्य संगठनका अनुसार धेरै जसो खाद्यजनित रोग पशुजन्य संक्रामक रोगजनकहरु बाट दुषित भएको खाद्यपदार्थको माध्यमबाट फैलिने गर्दछन् । यस प्रकारका प्रकोपको जाँचमा पशुचिकित्सा सेवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

चिनिया बैज्ञानिक एकेडेमीका अनुसार खाद्य आहार जनित पशुजन्य रोगसँग लड्न निगरानी प्रणाली जोखिम मूल्याङ्कन एवम् उचित प्रवन्धन प्रणालीको स्थापना गरिनु पर्दछ । यसको अतिरिक्त प्रभावी रोकथाम र नियन्त्रण रणनीतिहरु वीकशित गर्नका लागि जनस्वास्थ्यकर्मीहरु, पशु चिकित्साकर्मीहरु तथा खाद्य सुरक्षा विशेषज्ञहरु बीच रचनात्मक वार्ता एवम् सहयोग आवश्यक हुन्छ । पशुचिकित्सक एक श्रृङ्खला जस्ता हुन जसले ज्ञान विशेषज्ञताको मापदण्डका आधारमा पशुहरुको स्वास्थ्य एवं तिनको कल्याण र जनस्वास्थ्य परीक्षण गर्दछन् ।

दूध, फूल तथा मासु मानवीय आहारका अंग हुन् । राम्रो पशु कल्याण राम्रो खाद्य सुरक्षाको प्रतिक मानिन्छ । सार्वजनिक जनस्वास्य पशु स्वास्थ्य तथा पशुकल्याण वास्तवमा एक अर्कासँग जोडिएका छन् । यसका लागि समग्र दृष्टिकोणको आवश्यकता छ । उदाहणस्वरुप तनावग्रस्त पशुहरुमा रोगहरुबाट संक्रमितहुने अधिक सम्भावना रहन्छ । जसका लागि पशुचिकित्सा उपचार को आवश्यकता पर्दछ । कुनै पनि प्रकारको तनाव पशुजन्य उत्पादनहरुमा अवशेषहरुको उपस्थितिमा बृद्धि गराउँछ, जुन जनस्वास्थ्यलाई प्रभावित गर्न सहायक मानिन्छ । यस प्रकारले हेरियो भने यो उदाहरण पशुकल्याण, पशुस्वास्थ्य र सार्वजनिक जनस्वास्थ्यको बीचको अन्तरनिर्भर सम्बन्ध माथि प्रकाश पार्दछ ।

पशुपालकहरुकोे जिम्मेवारी छ कि, तिनका पशुजन्य उत्पादनहरु झार- पातनाशकहरु, किरा फट्याङ्ग्रा नाशकहरु तथा पशुचिकित्सा औषधि अवेशष बाट मुक्त होस् । यसका साथै तिनले यो सुनिश्चित गर्नु पर्छ कि पशुस्वास्थ्य, पशुकल्याण या पशुजन्य संक्रामक रोगहरु सँग जोडिएको जोखिम लाई मात्र विशेषरुपले तयार गरिएको पशुस्वास्थ्य योजना को अन्तरगत नै यी योजनाहरु लाई तयार गरी उपभोक्ताहरु लाई आश्वस्त गर्न सक्दछन् ।

यसमा कुनै सन्देह छैन कि, पशुहरु एवं मानिसहरु मा रोगाणुरोधी औषधिहरुको प्रयोग हुन्छ । तर हामीले पशुहरु एवं मनवीय कल्याणलाई पनि विर्सन हुन्न । यसैले पशुहरु मा रोगाणुरोधी औषधीहरुको उपयोग सिमित गर्नका लागि पशुचिकित्सकहरु सक्रिय रुपबाट विभिन्न प्रकारका यो सुनिश्चित गर्न सकियोस कि, पशुपालका विभिन्न मोडेलहरु लाई राम्रो पशुकल्याणको सुनिश्चितता को लागि अनुकुलित गर्न सकियोस् ।

धेरै पटक लोग्ने–स्वास्नीको झगडाको परिणाम केटाकेटीहरु तथा पाल्तु पशुहरुले भोग्नुपर्ने हुन्छ । यो झगडा अघि बढ्दा हिंसात्मक रुप धारण गर्दछ । जसले गर्दा लोग्ने वा स्वास्नीले केटाकेटीहरु वा पाल्तु पशुलाई कुट्न शुरु गर्दछन् । यसैले भनिन्छ कि निर्धोको कुनै बल पुग्दैन । यी असाहय केटाकेटी हरु ले आफ्नो रिस घरको भाँडाकुँडा वा साना पाल्तु पशुहरुमाथि पोख्छन् जुन ठूलो भएर अझ बढी हिंसात्मक प्रबृत्ति देखाउन सक्दछन् ।

यसैगरी जब एउटा प्रौढलाई रिस उठ्छ तब उसले आफ्नो पाल्तु पशुलाई यसरी कुट्न थाल्दछ कि कति पटक त पशुको मृत्यु समेत हुन्छ । कुनै पनि प्रौढको रिसको सामना दूधालु पशुहरु खास गरी पहिलो बेतका पशुहरु लाई जब दुध दुहुने बेला दिक्क लगाउँछन्, व्यहोर्नु पर्ने हुन्छ । यस्ता पशुहरुमा डर, त्रास उत्पन्न हुन्छ, जसले गर्दा तिनमा संक्रमण हुने खतरा पनि बढेर जान्छ । संक्रमित पशुको दुधमा रोगाणु उत्सर्जित हुने हुनाले आहार श्रृङ्खला प्रदूषितहु नै जोखिम पनि बढेर जान्छ ।

पशुहरु प्रति हिंसात्मक व्यवहार गर्ने मानिसमा अन्य मानिस प्रति हिंसात्मक गर्ने प्रबृत्ति हुने गर्दछ । यस्तो धारणा मनोविदहरुको रहेको छ । यसमा पनि माहिलाहरु बढी प्रभावित हुन्छन् । पीडित हुने महिलामा पनि १८ देखि २४ वर्षका अन्तरंग महिला साथी नै सबैभन्दा बढी प्रभावित हुने गर्दछन् । यो विश्वास सत्य सिद्ध छ कि एउटा हिंस्रक व्यक्तिले कैयौं पशुहरु तथा मानिसहरुलाई पनि हानी पु¥याउन सक्दछ । एउटा आश्रय गृहमा सहारा लिएका ३८ पिडित महिलाहरु म गरिएको सर्वेक्षणमा ७१ प्रतिशत महिलाहरुले बताएका छन् कि तिनका साथीले आफ्नो पाल्तु जनावरलाई पिट्ने गर्दथ्यो या तीनलाई घाइते बनाउँथ्यो या एउटा दुईवटालाई मारी दिने गर्दथ्यो ।

यस्ता प्रकारको कैयौं अध्ययनमा पशुहरु प्रति हिंसा भएका मानिसहरुमा अन्य मानिस प्रति हिंसा प्रदर्शन गर्ने जोखिम बढी देखिने गरेको पाइन्छ । एउटा पूर्ववर्ती अध्ययन जसमा कैदमा राखिएका अपराधिहरुको इतिहासको जाँचमा पाइयो कि यी कैदीहरुको बाल्यकाल र किशोर अवस्थाको बेला प्रायजसो पशु हरु प्रति हिंसाको लामो इतिहास थियो । पशुचिकित्सक हरु पशु क्रुरता मामलाहरुको जाँच पडताल तथा अभियोजन पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।

यिनले संदिग्ध पशु दुव्र्यवहारको सम्बन्धमा संवाददाताहरुको रुपमा काम गर्दछन् र चिकित्सकीय जाँचको बेला परीक्षक तथा परीक्षणको बेला विशेषज्ञको साक्षी हुने गर्दछन् । केही मानिसहरुमा पशुहरु प्रति क्रुर हुने सम्भावना पनि हुन्छ । यसैले जाँचको बेला पशुचिकित्सक पशुहरु प्रति क्रुरताको साक्षी तथा त्यसलाई पहिचान गर्ने विशेष स्थितिमा हुन्छ । यसरी हेरियो भने दोषीलाई सजाय पाउने डरले पशु प्रति क्रुरता कम हुन सक्दछ । साथै पशुचिकित्सक आम मानिस लाई पशुहरु प्रति उदार रवैया अपनाउन का लागि प्रेरणा श्रोत हुन्छन् तथा भविष्यमा घटन सक्ने हिंस्रक अपराधलाई कम गर्न सहयोगी बन्न सक्छन् ।

पशुचिकित्सकहरुले पशुपालकहरु लाई आफ्नो फार्म गोठमा पशुहरुलाई दिइने औषधिहरुको सही अभिलेख राख्नको लागि प्रेरित गर्दछन् । जसले गर्दा पशुजन्य उत्पादनहरुमा यी औषधिहरुको अवशेष नजाओस् । औषधिहरु प्रति रोग प्रतिरोधकताका कारण औषधि प्रतिरोधक रोगाणु पशुजन्य खाद्य उत्पादनहलाई प्रदुषित गराउँछन । जसलाई पशुचिकित्सकको सहायताले मात्र उचित औषधिको प्रयोगले हटाउन सकिन्छ । यसरी हेरिने हो भने पशुचिकित्सक पशुपालकहरुको माध्यमबाट पशुजन्य उत्पानहरुलाई सुरक्षित राख्नमा योगदान पुर्याउछन् ।

प्रतिक्रिया दिनुहोस्