काठमाडौं महानगरमा बालेन साह १२ हजार ५८० मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले २७ हजार मत कटाएका छन् । पछिल्लो मतगणना अनुसार ७१ हजार ८८८ मत गन्दा बालेन शाहले २७ हजार २८ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले १४ हजार ४४८ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३ हजार ८७९ मत पाएकी छिन् ।

अहिलेसम्म काठमाडौं महानगरपालिकाको १ देखि ५, २८ र ३० वडाको मतगणना सकिएको छ भने ६,७,८,२६,२७,२९,३१ र ३२ वडाको मतगणना चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्