मुख्यमन्त्री राउकी श्रीमती गाउँपालिका उपाध्यक्षमा पराजित



जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुन स्थानीय चुनावमा पराजित भएकी छिन् ।

उनी जनता समाजवादीबाट पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेकी थिइन् । खातुनलाई कांग्रेसकी बविता सिंहले पराजित गरेकी छिन् । सिंहले ५ हजार ५३१ मत ल्याएर विजयी भएकी छिन् । खातुनले २३ सय ३१ मत प्राप्त गरेकी छिन् ।

उक्त गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार कृष्णमोहन प्रसाद यादव पनि पराजित भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका श्रीकान्त यादव विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्