मोहन्याल गाउँपालिका अध्यक्षको शपथ रोक्न निर्देशन



कैलाली । निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्षको शपथ रोक्न निर्देशन दिएको छ । मोहन्याल गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका देवीदत्त उपाध्याय निर्वाचित भएका थिए ।

कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार अर्को निर्णय नभएसम्मका लागि उनको शपथ रोकिएको हो । नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन रहेको छ। तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो।

यस्तै नेपाली कांग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन छ। भ्रष्टाचारको मुद्दा विचाराधीन भएकाहरु जनप्रतिनिधि चुनिएपछि शपथ के गर्ने भन्ने अन्योल रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्