काठमाडौं महानगरमा बालेन शाहको फराकिलो अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई कायमै राखेका छन् । ७८ हजार ३६० मत गणना हुँदा बालेनले २९ हजार ५८२ मत प्राप्त गरेका छन् ।

भने उनलाई पछ्याइरहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मदेवार केशव स्थापितले १५ हजार ९२१ मत प्राप्त गरेका छन् । बालेन केशव भन्दा १३ हजारबढी मतले अगाडि छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १५ हजार १० मत प्राप्त गरेकी छन् । हालसम्म काठमाडौं महानगरको वडा नम्बर १, २, ३, ४, ५, २८, ३० र ३२ को मतगणना सम्पन्न भइसकेको छ। अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ को मतगणना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्