ललितपुरका ३ पालिका अध्यक्षले लिए सपथ



ललितपुर । ललितपुरका कोन्ज्योसोम, महांकाल र बाग्मती गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरुले शुक्रबार सपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत एवं न्यायधीश किरणप्रसाद शिवाकोटीले कोन्ज्योसोका कृष्णमान लामा, महांकालका गणेशबहादुर केसी र बाग्मतीका बीरबहादुर लोप्चनलाई सपथ गराएका हुन् । महांकालका केसी र बाग्मतीका लोप्चन कांग्रेसबाट तथा कोन्ज्योसोमका लामा एमालेबाट अध्यक्ष निर्वाचित भएका हुन् ।

सपथमा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, तीनवटै सुरक्षाका निकाय प्रमुख र मतगणनास्थल सम्हाल्ने सुरक्षाकर्मी उपस्थित थिए । ललितपुरका लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्