वडाध्यक्षमा पराजित भएपछि खानेपानीको कोषाध्यक्षबाट राजिनामा



काठमाडौं । वडाध्यक्षमा पराजित भएपछि ललितपुरको लुभुमा सञ्चालित लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष सानुकान्छा श्रेष्ठले राजिनामा दिएका छन् । आफ्नो कामप्रति जनताको विश्वास पैदा हुन नसकेकाले राजिनामा दिएको उनले बताएका छन् ।

वैशाख ३० मा सम्पन्न स्थानीय चुनावमा माओवादी केन्द्रको तर्फबाट महालक्ष्मी नगरपालिका-८ को वडाध्यक्षको उम्मेदवार बनेका श्रेष्ठ पराजित भएका थिए। श्रेष्ठ लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्थापना कालदेखि नै कोषाध्यक्ष रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्