काठमाडौं-८ मा नेपाली कांग्रेसको प्यानलै विजयी



काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर–८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान संगत अध्यक्षमा विजय भएका छन्। संगतले नेकपा (एमाले)का उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन्।

उनको प्यानल नै निर्वाचित भएको हो। संगतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन्। त्यसैगरी, सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भएका छन्। महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजयी भए । हाल वडा नम्बर–१, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ।

त्यसैगरी, वडा नम्बर–७, ९, १०, २४, २५, २६, २७ र ३१ को मतगणना कार्य जारी छ। काठमाडौं महानगरमा कुल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३.४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्