दोलखाको विगु अध्यक्षमा माओवादी, उपाध्यक्षमा एमाले उम्मेदवार विजयी



चरिकोट । दोलखाको विगु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपाध्यक्षमा एमालेकी देविका थामी निर्वाचित भएका हुन्।

पालिका अध्यक्षमा चार हजार १०० मत प्राप्त गरी ओली निर्वाचित भएका हुन्। अध्यक्षमा एमालेका उमेदवार अच्छुतम केसीले तीन हजार ९७३ मत प्राप्त गरेका छन्। गठबन्धनको तर्फबाट गाउँपालिका उपाध्यक्षको उमेदवार बनेकी नेपाली कांग्रेसकी आङनिमा शेर्पालाई पराजित गर्दै एमालेकी थामी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

थामीले चार हजार १३ मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी शेर्पाले तीन हजार ८२६ मत प्राप्त गरेकी छन्। आठ वडा रहेको विगु गाउँपालिकामा एमालेले तीन, माओवादी र कांग्रेसले दुई/दुई र एउटा वडामा स्वतन्त्र उमेदवारले वडाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्