नेपालद्वारा युगान्डालाई १२४ रनको लक्ष्य



काठमाडौं । युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा नेपालले १ सय २४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । शनिबार त्रिवी मैदानमा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभमार ६ विकेट गुमाएर १ सय २३ रन बनायो ।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाईन् । सिताराना मगरले १७ रन बनाएको इनिङ्समा इन्दु वर्माले ८ रन बनाईन् । रुबिना क्षेत्री र डोली भट्ट दुवै शुन्य रनमा पोविलियन फर्किए ।

कबिता जोशीले नटआउट १८ रन बनाउदाँ अपसरी बेगम ११ रनमा आउट भईन् । युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक एक विकेट लिए । दुबै टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा रहेका छन् । पाँच खेलको सिरिजमा युगान्डा ३-१ ले अघि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्