सुनसरीमा १० वर्षीया बालिका बलात्कृत



सुनसरी : १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सुनसरीबाट १ जनालाई पक्राउ गरेको छ। जिल्लाको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारकी ती बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले स्थानीय ३५ वर्षीय भीम गुरुङलाई पक्राउ गरेको हो।

घरमा कोही नभएको मौका छोपी गुरुङले बालिकालाई अश्लिल चलचित्र देखाएर यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ। पीडित परिवाले दिएको जाहेरीको आधारमा गुरुङलाई पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाइएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्