बलात्कार जस्तो जघन्य अपराधमा हदम्याद हटाउनुपर्छ : विश्वप्रकाश



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार जस्तो जघन्य अपराधमा हदम्याद हटाउनुपर्ने धारणा राखेका छन् ।

सुन्दरी प्रतियोगितामा सहभागी हुने क्रममा आफूमाथि बलात्कार भएको घटना एकजना किशोरीले ८ वर्षपछि सार्वजनिक गरेसँगै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

कानुनका लागि न्यायलाई बलि दिन नहुने धारणा पनि शर्माले राखेका छन्। ‘कानुनका लागि न्यायलाई बलि दिने कि न्यायका लागि कानुन बदल्ने ? द्विविधाको प्रश्नै छैन’, उनले भने, ‘बलात्कार जस्तो जघन्य अपराधमा कारवाही गर्न हदम्यादको कानुनी जटिलता बिनाअलमल बदल्नु पर्छ।’

शर्माले किशोरीमाथि आठ वर्षअघि भएको भनिएको बलात्कारको घटनामा राज्यले सुरु गरेको अनुसन्धानले अन्यायको अनुभूति दिन नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्