१ लाख ३० हजार घुस रकमसहित ४ जना पक्राउ



काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुखसहित ४ जना १ लाख ३० हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, जिन्सी शाखा प्रमुख (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसीलाई पक्राउ गरेको हो।

उनीहरूले कार्यालयबाट संचालीत विभिन्न कार्यक्रम वापतको पेशकी फर्छ्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिइएको हो। अहिले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्