जिततर्फ लम्किदै बालेन, सिर्जनाभन्दा स्थापित अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुदेखिनै अग्रता कायम गरेका छन् । बालेनले ३५ हजार ४५४ मत प्राप्त गरेका छन्।

पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै रहेपनि दोस्रो स्थानमा भने एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

केशव स्थापितले जारी मतगणनामा अग्रता लिँदै आएकोमा शनिबार दिउँसो सिर्जनाले अग्रता लिएकी थिइन् । अहिले भने फेरि स्थापित अगाडि छन् । मेयरका उम्मेदवार स्थापितले १९ हजार ७८९ मत पाउँदा सिर्जनाले १९ हजार ३३३ मत पाएकी छन् । स्थापितले ४५६ मतले अग्रता बनाएकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनामा समावेश वडाहरुमा १ देखि १० र २४ देखि ३२ नम्बर सम्मका रहेका छन् । यस्तै हालसम्म परिणाम घोषणा भएका वडाहरुमा १ देखि ६ तथा ८, २८ र २९ नम्बर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्