ट्रकमा बस ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते



चितवन : चितवनमा ट्रकमा बस ठोक्किँदा १ जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङमा ट्रकमा बस ठोक्किँदा सो दुर्घटना भएको हो।

पूर्वको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख ४८१९ नम्बरको बस र गौरबाट काठमाडौंतर्फ भैंसी लोड गरेर जाँदै गरेको ना७ख २५६१ नम्बरको ट्रकमा ठोक्किँएको थियो।

दुर्घटनामा बसमा सवार झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्