४ जनाको मृत्यु, ५ जना घाइते



मकवानपुर । मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्