शिक्षकको नाममा ‘सुसाइड नोट’, कक्षा १२ मा पढ्ने विद्यार्थीले गरे आत्महत्या



महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित श्री लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्। कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत भीमदत्त नगरपालिका भाँसीका सुरज लेखकले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका हुन्।

उनले ‘सुसाइड नोट’ मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन्। कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीका अनुसार शुक्रवार कलेज नआएका सुरज र उनका अन्य दुई साथीहरु कलेज नजिकैको होटलमा बसेका थिए।

कलेज समयमा कलेजको पोशाकमा होटलमा बसिरहेका उनीहरूलाई संयोजक हरिलाल जोशीले समातेर कलेजमा पुर्‍याए। तिनै जनालाई धेरैबेर कलेजमा नै पर्खाएर पछि भोलिदेखि नियमित विद्यालयमा आउने लिखित प्रतिबद्धता गराएर छोडिएको थियो।

उनीहरूबाट लिखित रूपमा कागजमा ‘औँठा छाप’ गराएर अनि उनीहरूको अभिभावकलाई विद्यार्थीको अवस्था बारे जानकारी समेत दिइयो। तर सुरजका अभिभावकसँग सम्पर्क हुन सकेन।

सुरजलाई पनि कागजमा ‘औँठा छाप’ लगाएर छोडियो। कलेजका संयोजक हरिलाल जोशी बर्खास्त भएका छन्। मृतक सुरजका बुवा गणेश दत्त लेखकले ‘सुसाइड नोटमा’ मा उल्लेख भएको नाम विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएको बताए। घटनाको सत्य, तथ्य छानबिन गरी दोषिमाथी कारबाहीको माग गरिएको छ। 

‘सुसाइड नोट’ मा औँठाछाप

सुरजको ‘सुसाइड नोट’ को अन्त्यतिर उनले औँठाछाप लगाएका छन्। यो कुरा कलेज परिवारले समेत स्वीकार गरेको छ। ‘सुसाइड नोट’ मा उल्लेख भए बमोजिम सुरज ‘औँठा छाप’ ले निकै तनावमा आएको जस्तो देखिन्छ। कलेजमा लगाएको ‘औँठा छाप’ ले आफूले धेरै गल्ती गरेजस्तो तथा बुवा आमाको बदनामी भएजस्तो संकेत दिने खालको ‘सुसाइट नोट’ छ।

उनले सुसाइट नोटमा लेखेका छन्, ‘बुवा अब बहुत भयो, अब म हजुरहरूलाई धेरै टेन्सन दिन चाहँदिन। कलेजबाट आएको कम्प्लेनहरुले हजुरहरूलाई निकै डिस्ट्रब ग¥यो र म पनि हजुरहरूलाई टेन्सन दिएर धेरै ……।’

 

प्रतिक्रिया दिनुहोस्