चितवनमा रेनुलाई ८ हजार ४९४ मतको फराकिलो मतान्तर



चितवन । चितवनको भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ । पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गरेकी छन् ।

रेनुने अहिलेसम्म ३८ हजार ६५५ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १६१ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का हिमला गुरुङले २३ हजार ८७३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्