नेकपाका कार्यकर्ताद्वारा पत्रकार कुटिए



रुकुम : नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल एक समूहको सांघातिक आक्रमणमा  घाइते भएका छन् । नेपाल प्रेस युनियनले विज्ञप्तिमार्फत नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएको आरोप लगाएको छ । 

खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरु समेत सांघातिक आक्रमणमा परेको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार अपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका उनीहरु आक्रमणमा परेको जनाइएको छ । 

आक्रमणमा परि घाइते भएकाहरुको  सदरमुकाम खलङ्गामा उपचार भइरहेको जनाइएको छ । युनियनले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग पनि विज्ञप्तिमार्फत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्