लुम्बिनी सांस्कृतिकको मेयरमा कांग्रेसका मुसलमान विजयी



बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार सजरुद्धिन मुसलमान विजयी भएका छन् । आइतबार सकिएको मत गणनामा उनी जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्तालाई हराउँदै विजयी भएका हुन् ।

मुलसमानले नौ हजार ५७२ मत प्राप्त गर्दा गुप्ताले ६ हजार २ मत प्राप्त गरेका छन् । नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् ।

हरिजनले ६ हजार ५९० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सवनम जहाँ शेषले ६ हजार १४५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्