चिर्पट प्रहार गरी छोराले गरे बुवा हत्या 



धनगढी : कैलालीको गोदावरी नगरापालिकामा छोराको चिर्पट प्रहार गरी बुवाको हत्या गरेको छ । नगरपालिका ५ बर्बाटामा आइतबार राति करिब ९ः१५ बजे ३० वर्षीय छोरा रामसिंह कुमालले चिर्पट प्रहार गरी ६० वर्षीय बुवा अम्मरसिंह कुमालको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रातिको समयमा समान्य घरायसी विवाद भएपछि रामसिंहले बुवा अम्मरसिंहमाथि चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्मरसिंहलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा पुर्याइएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनापछि घरबाट भागेका रामसिंहलाई गोदावरी नगरपालिका १ धनगढी रोडको सब्जीमन्डी नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरिले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्