कञ्चनपुरको पुनर्वासमा कांग्रेस विजयी



काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार तोयप्रसाद शर्मा १० हजार ६ मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका उम्मेदवार पदमबहादुर पुजारालाई पराजित गरे। पुजाराले ४ हजार ६७४ मत प्राप्त गरे। निवर्तमान प्रमुख रहेका नेकपा एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७३४ मत प्राप्त गरे। उपप्रमुखमा पनि नेपाली कांग्रेस नै विजयी भएको छ। कांग्रेसकी भुलियाकुमारी रानाले ७ हजार ३४५ मत ल्याएर निर्वाचित भइन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार धोखे रानाले ५ हजार ४९२ मत प्राप्त गरे।

नेकपा एमालेका उम्मेदवार सुसिला खत्रीले ५ हजार ३०३ मत प्राप्त गरिन्। पुनर्वासमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका थिए। २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमाले निर्वाचित भएको थियो।

प्रतिक्रिया दिनुहोस्