सिंजा गाउँपालिका अध्यक्षको निर्णय : घरमै सुत्केरी हुने दर शून्यमा झार्छु



जुम्ला । सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने सुत्केरी दर शून्यमा झार्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछिको पहिलो निर्णयमा उनले गाउँपालिकाको पहिलो प्रथामिकता घरमै हुने सुत्केरी दर शून्यमा झार्ने रहेको बताए ।

उनले सिंजागाउँपालिकाको मातृ मृत्युदर शून्य बनाउन र नेपाल सरकारको गाउँगाउँमा सिंहदरवार भन्ने अवधारणालाई पूर्णता दिन यस्तो प्रतिबद्धता गरेको बताए । अध्यक्ष धितालले भने, अब सिजागाउँपालिकाका कुनै पनि सुत्केरी महिला घरमा सुत्केरी हुने छैनन् ।

अब सबै शिशु सुरक्षित बर्थिङ सेन्टरमा जन्मनेछन् । यो गाउँपालिकाको प्रतिबद्धता हो, अध्यक्ष धितालले भने । सिंजा गाउँपालिकामा भइरहेका सकारात्मक कामलाई पनि निरन्तरता दिइनेछ । नव निर्वाचित गाउँपालिका अध्यक्ष लगायतले पाँच वर्षभित्र जनताका अधारभुत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेको उनले बताए ।

साथै, अबका पाँच ५ वर्षभित्र कक्षा १ देखी पाँच कक्षाासम्मको आधारभूत विद्यालय तहमा शिक्षाको गुणस्तर सुधार र उपलब्धि स्तर ६० प्रतिशत पुर्याइने धितालले बताए ।

सिजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले समावेशी आवासीय विद्यालय स्थापना गरिने बताइन । उनले निर्माणाधीन सिंजा गाउँपालिकाको प्रशासनिक भवन शीघ्र निर्माण गरिने समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्