तानसेन बुटवल सडकखण्ड अवरुद्ध



पाल्पा । सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका-५ कालीमाटीमा सोमबार दिउँसो सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेको हो । अहिले पाल्पादेखि वुटवलतर्फ जाने तथा बुटवलदेखि पाल्पातर्फ आउने सवारीसाधन सडकमै रोकिएका छन् । सडक पूर्णरुमा अवरुद्ध छ ।

सडक डिभिजन कार्यालयको दुईवटा जेसीबी परिचालन गरेर पहिरो पन्छाउने तयारी भएको प्रहरी चौकी प्रभासका प्रमुख भरत थापाले जानकारी दिए । सडक एकतर्फी खुलाउन पनि कम्तिमा दुईघण्टा लाग्ने उनको भनाई छ । सोही स्थानमा केही दिनअघि पनि सुख्खा पहिरो खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्