कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना



सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार केन्द्रको स्थापना गरेको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उक्त बैंकको सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री शाहीले प्रदेश अस्पताललाई देशभरकै उच्चस्तरीय अस्पतालका रुपमा रुपान्तरण गर्न प्रदेश सरकार लागिरहेको दाबी गरे ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले केन्द्र स्थापनासँगै अब रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए । अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले कर्णालीका नागरिकसहित अन्य प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको र थप सेवा सुविधा दिन अस्पतालले रक्त सञ्चार केन्द्र स्थापना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्