गृहमन्त्री थापाले भने, ‘निर्मलाको अपराधीलाई कानुनी कठघरामा ल्याएर छाड्छौं’



काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई कानुनी कठघरामा ल्याएर छाड्ने बताएका छन् । 

सोमबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उनले सो कुरा बताएका हुन् । 

‘अनुसन्धानलाई नतिजामा पुर्याउन कुनै कसर बाँकी राखिने छैन । अनुसन्धान कार्यमा हुने कुनै पनि किसिमको लापरबाहीलाई मन्त्रालयले सहने छैन’ उनले भने ।

साथै उनले कार्यसम्पादनमा कमजोर प्रहरी कर्मचारीको निगरानी समेत भइरहेको बताए । व्यवसायिकता प्रदर्शन नगर्ने र कमजोर कार्यसम्पादन भएका प्रहरी कर्मचारीको गृह मन्त्रालयले निगरानी गरिरहेको उनले बताए । 

उच्च कार्यसम्पादन स्तर भएका सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाई अपराध अनुसन्धामा व्यवसायिकता प्रदर्शन गर्दै लगिएको समेत बताए । 

प्रतिक्रिया दिनुहोस्