स्टर्लिङले सिटीसँग गरे तीन वर्षे नयाँ सम्झौता



काठमाडौं : राहम स्टर्लिङले म्यानचेष्टर सिटीसँग तीन वर्षे नयाँ सम्झौता गरेका छन् । यससँगै उनी २०२३ सम्म क्लबमै रहनेछन् भने साताको ३ लाख पाउण्ड पाउनेछन् ।

 

२३ वर्षीय इंग्ल्याण्डका फर्वाडको सम्झौता यो सिजनको अन्त्यमा सकिँदै थियो । नयाँ सम्झौताले प्रिमियर लिगमा राम्रो कमाई गर्ने इंग्ल्याण्डका खेलाडी मध्ये एक बनाउने अपेक्षा छ ।

 

‘(सम्झौतामा) हस्ताक्षर गरेर म खुसी छु । यहाँ मेरो विकास अविश्वसनीय रह्यो’ उनले भने । २०१५ मा लिभरपुलबाट सिटी आएका स्टर्लिङले यो सिजन क्लबका लागि सात गोल गरेका छन् । गत सिजन सिटीले प्रिमियर लिग र काराबाओ कप जित्दा उनले २३ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्