मेयर नबन्दै पोखराका धनराज आचार्यले मागे संघीय सरकारबाट बजेट



पोखरा । एमालेले आफ्नो गढ दाबी गरेका पोखरा महानगरपालिकाका वडाहरूको मत गणना चलिरहेको थियो । १५, १६, १७, २१ र ३३ लगायत वडामा करिब दोब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडा आइपुग्नुअघि केही मतले मात्र धनराज आचार्यले अग्रता लिएका थिए । सबैको ध्यान यिनै वडाहरूमा थिए कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ ।

यस्तै अन्योलका बीच गठबन्धनबाट मेयर उम्मेदवार धनराज आचार्य आइतबार काठमाडौं गए । पोखराका प्रमुख योजनाहरू संघीय सरकारलाई बुझाए । विशेषगरी ल्यान्डफिल साइट स्थानान्तरण गर्न उनको माग छ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल चल्न ल्यान्डफिल हटाउनु पर्ने पहिलो सर्त छ ।

अघिल्ला जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा गर्न नसकेको ल्यान्डफिल सार्ने योजनामा अहिले गठबन्धनका उम्मेदवारले पहिलो चासो दिए । त्यहाँबाट ल्यान्डफिल सार्न आवश्यक बजेट मागेको आचार्यले बताए । ञपोखराको प्रमुख चिन्ता ल्यान्डफिल हो । यो सार्नुपर्छ,झ उनले भने, ञअहिले संघ सरकारले बजेट बनाउँदै छ। यहि वर्ष बजेट नहाले ढिलो हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएको छु ।झ

उनले पोखरालाई पर्यटकीय राजधानी घोषणाको माग राखेर आएका छन् । ञपोखरा पर्यटनको राजधानी हो । मौखिक रुपमा सबैले भनेका छन् तर आधिकारिक घोषणा किन नगर्ने रुझ उनी भन्छन्, ञयसपालि नीति तथा कार्यक्रममा यो एजेण्डा राख्नुपर्छ भनेको छु । सायद सम्बोधन हुन्छ ।झ पोखरामा मतगणना जारी छ । अब तीन हजार मत गन्न बाँकी छ । चुनाव जित्ने पक्का भएकै कारण काठमाडौं पुगेर बजेट छुट्याउन आग्रह गरेको उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनको अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्