करिना कपुरकाे नजरमा सबैभन्दा उत्कृष्ट कलाकार



एजेन्सी : ३८ औं जन्मदिन मनाइरहेकी करिना कपुर खानले केही दिनअघि एक अन्तर्वार्तामा उनले छोरा तैमुर अलि खान जन्मिएपछि आफ्नो प्रोफेसनल जीवनमा सन्तुलन बनाइरहेको बताएकी थिइन् ।

आमा बनेपछि करिनाले फिल्म ‘वीरे दी वेडिंग’मा काम गरेकी छन् । यस फिल्ममा उनको साथमा सोनम कपुर, स्वरा भाष्कर र शिखा तलसानियाले महत्वपूर्ण भूमिका निभाएका थिए । 

अन्तर्वार्ताका क्रममा करिनाले आफ्नै काकाका छोरा रणवीर कपुरसँग स्क्रिन सेयर गर्दा सबैभन्दा आनन्द आउने बताएकी छन् । उनले रणवीर कपुर नै आफूलाई सबैभन्दा मनपर्ने कलाकार भएको बताएकी थिइन् । 

अन्तर्वार्ताकामा उनले रणवीर कपुरलाई देशकै सबैभन्दा उत्कृष्ट कलाकार भएको बताइन् । उनले रणवीर कपुरका अलावा अर्का रणवीर अर्थात् सिंहलाई पनि उत्कृष्टताको दर्जामा उभ्याउन भ्याइन् ।

 

त्यसैगरी उनले आलिया भट्टजस्ता प्रतिभाले बलिउड अघि बढ्न सफल भएको पनि बताइन् ।  

प्रतिक्रिया दिनुहोस्