सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने



काठमाडौं । सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायिकरण, यान्त्रिकीकरण, जलवायु अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रर्वद्धन गर्नेगरीको कृषि नीति सरकारले बनाउने भएको हो । 

आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत  गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्‍न नयाँ राष्ट्रिय कृषि नीति आवश्यक भएकोमा जोड दिइन् । 

उनले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जिविकोपार्जन कार्यक्रमलाई मानव विकास सूचकाङ्क कम भएका जिल्लामा विस्तार गर्ने नीति पनि सरकारले लिने उल्लेख गरिन् । 

पर्यटन, उद्योग, वन वातावरणसँग भूउपयोग नीति तयार गर्दा कृषि तथा वन क्षेत्रबाट हुने उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी सामञ्जस्यता कायम गरिने पनि बताएकी छिन् । 

यस्तै, अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गरिने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्