पचरौता नगरपालिकामा एमाले विजयी



बारा । बाराको सबैभन्दा कान्छो नगरपालिका पचरौतामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार जलन्धर सिंह चार हजार सात सय ३२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार निवर्तमान मेयर रमेशकुमार यादवले चार हजार चार चार सय ६१ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा एमालेको तर्फबाट उम्मेदवार नसिमा खातुन चार हजार पाँच सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन् । उपमेयरको निकटतम प्रतिद्वन्द्धी लोसपाबाट उम्मेदवार बनेकी सगुफा खातुनले चार हजार एक सय ६३ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्