विद्युत मिटर निःशुल्क जडान गरिने



काठमाडौं । विपन्न वर्गका नागरिकका घरमा विद्युत मिटर निःशुल्क जडान गरिने भएको छ । विपन्न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो । 

विद्युत खपत बढाउन महसुल पुनरावलोकनसमेत गरिने भएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विद्युतको महसुल छुट गरिदिएको छ । 

ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन् ।  यस पटक भने सरकारले मिटर जडान निशुल्कसँगै महसुल पनि पुनरावलोकन गर्ने नीति लिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्