सोती घटनाको दुई वर्ष : जुम्लामा प्रदर्शन



जुम्ला । जुम्लामा जातीय व्यवस्थाविरुद्ध प्रदर्शन गरिएको छ । रुकुमपश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको भन्दै जुम्लामा मंगलबार प्रदर्शन गरिएको हो ।  उक्त प्रदर्शनमा दोषीलाई हदै सम्मको कारबाहीको माग गरिएको छ । 

जुम्लाका युवा धनराज सुनारको अगुवाइमा जिल्ला प्रशासन कार्यालय अगाडि प्ले कार्डसहित सोती घटनामा पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै जात व्यवस्थालाई अन्त्य गर्न जोडदार माग गरिएको थियो । 

ुदेशमा जातीय विरुद्धका दर्जनौँ कानुन निर्माण भएपनि नमराज बिक हत्या काण्ड लगायतका थुप्रै जघन्य अपराधका दोषीलाई हदै सम्मको कारबाहि नहुनु दुखद पक्ष होु उनले भने । 

दुई वर्ष पहिले आजकै दिन अर्को जातकी किशोरीसँग प्रेम गरेकै कारण रुकुम पश्चिमका नमराज बिकसहित ६ जनालाई लखेटेर भेरीमा मारिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्