इन्धनको मूल्य वृद्धिविरुद्ध सप्तरीमा राष्ट्रिय एकता अभियानको प्रदर्शन



सप्तरी । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ (इन्धन)को मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध अभियानले विरोध प्रदर्शन गरेको हो ।

अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साह र जिल्ला संयोजक सुनिता चौधरीको नेतृत्वमा ५० भन्दा बढी अभियन्ताहरूले राजविराजको शहीद चौकमा पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध नारा जुलुस गरेका छन् ।

विरोध प्रदर्शन कार्यक्रम निकम्मा सरकार मुर्दावाद,  शेरबहादुर देवाव राजीनामा देउ, हाम्रो प्रदर्शन जारी रहने छ, पेट्रोलियम  पदार्थको मूल्य वृद्धि कम गर्न नाराको लगाइएको दियो ।

त्यस्तै प्रदर्शनकारीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, एलपीजी ग्यासको मूल्यवृद्धि (महिलामाथिको अत्याचार हो, अकासिएको महँगी नियन्त्रण गर, आयल निगमको कमिसन तन्त्र बन्द गर र उर्जा मन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए । 

अभियन्ताहरू योगानन्द साह, डम्बर नारायण साह लगायतका अभियन्ताहरू प्रदर्शनमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्