स्वस्थ्य पशुपालन, स्वच्छ दुध उत्पादन



स्वच्छ दुध भन्नुको अर्थ यस्तो पशुसँग सम्बन्धित छ जसलाई स्वास्य गाई भैंसीको थुन फाँचोबाट प्राप्त गरिएको तथा त्यसमा राम्रो गन्धका साथसाथै कमसेकम जीवाणू सोस एक वाह्य पदार्थहरु माटे, धुलो, झिङ्गा एवम् रोगजनकबाट मुक्त होस् ।
स्वच्छ दुधको गुणस्तरलाई लामो समयसम्म स्थीर राख्न सकिन्छ एवम् त्यसलाई संरक्षित गर्ने समयावधि पनि बढी हुन्छ । शुद्ध दुधको व्यावसायिक मुल्य बढी हुन्छ एवम् त्यसबाट उच्च गुणस्तरयुक्त दुग्धजन्य पदार्थ बनाउ सकिन्छ । यसैले दुधको शुद्धता सुनिश्चित गर्नका लाग दुधमा हुने फोहोरलाई दुध उत्पादन स्तरमा नै नियन्त्रण गर्नु पर्दछ किनकि शुद्ध दुध उपभोक्ताका लागि सुरक्षित मात्र हैन बरु दुध उत्पादनको आर्थिक दृष्टिले पनि फाइदाजनक हुन्छ ।

स्वच्छ दुध कसरी उत्पादन गर्ने ?
स्वच्छ दुध उत्पादनका तरिकाहरुको वर्णन गर्नुभन्दा पहिले हामीलाई दुधलाई दुषित गर्ने श्रोतहरु बारे जानकारी हुनु् आवश्यक छ । दुधलानई दुषित गर्नेखाले श्रोतहरुलाई मुख्यतः दुई भागमा बाडिएको छ ।

आन्तरिक कारण
आन्तरिक कारणहरुमा पशुको थुन फाँचोमा हुने गन्दगी एवम् थुनेलो रोग मुख्य मानिन्छ । दुध दुहुँदाको शुरुवातमा दुधमा जीवाणुहरुको संख्या अधिक हुन्छ । यसैले शुरुका १–२ सिर्का दुध फाल्नु पर्ने हुन्छ ।

बाह्य कारक
बाह्य कारकहरुमा पशुको शरीर, दुध दुहुने ठाउँ, दुध दुहुने मानिस, आहार एवम् पानी मुख्य हुन् । यसका साथसाथै दुध संग्रहणमा प्रयोग गरिने भाँडाकुँडा उपकरणहरुबाट पनि दुध दुषित हुने सम्भावना रहन्छ । स्वच्छ दुध उत्पादनका उपाय स्वच्छ दुध उत्पादनका लागि निम्न तरिकाहरु अपनाउन सकिन्छ ः
१. डयरी फार्ममा आहार आवास एवम् स्वस्थ पशु व्यवस्थापन
२. दुध संग्रहका लागि उपोग गरिने उपकरण एवम् भाडाकुडाहरुको सरसफाई
३. दुध दुहुने असल अभ्यास
४. दुधको भण्डारण, विवरण एवम्, चिस्याउनको समुचित व्यवस्था

पशु आहारको व्यवस्थापन
दुधालु पशुहरुलाई सन्तुलित आहार दिइनु पर्दछ । जसमा हरियो घाँस सुकेको भुस पराल एवम् अचित सान्द्रता भएको लवण मिश्रण एवम् अन्न दिनुपर्दछ । घाँस पराल दानामा ढुसी पर्नबाट रोक्नुका लागि दाना आहारलाई सुख्खा ठाउँमा भण्डारण गर्नुपर्दछ ।, पशुहरुको दाना आहारालाई किटाणु एवम् ढुसीको सन्दुषणबाट बचाउनु् पर्दछ ।
हरियो घाँसको न्युनता भएको बेला पशुलाई सुकेको भुस पराल साइलेजका साथै खनिज एवम् लवण भिटामिनहरुदिनु पर्दछ ताकि कुपोषणबाट बनाउन सकियोस् । व्याउने बेलाका गाई भैंसीलाई विटामिन इ एवम् खेलोनियम दिनु पर्दछ जसले गर्दा पशुधनको स्वास्थ्य सुधार गर्न सकियोस् ।
पशुलाई दुध दुहुनु भन्दा एक घण्टा एक घण्टा पहिले घाँस परालबाट हुने फोहरबाट बच्न सकिन्छ बरु पशुलाई दुध दुहुनेबेला शान्त राख्न दानाको मिश्रण दिँदा हुन्छ । दुध दुहुने बेला पशुलाई गीलो साइलेज दिनु हुँदैन नत्र दुधमा यसको गन्य गन्ध आउने छ ।

पशु आवास
पशु आवाशबाट पनि दुध दुषित हुने सम्भावना रहन्छ यसैले पशु अवास सफा सुग्घर हुनु आवश्यक हुन्छ । पशु आवाश दुषित गराउने काणहरु जस्तै बाहिरी पशुहरु, मानिसहरु, वायुवर्षा एवम् अत्याधिक गर्मीबाट सुरक्षित राख्दछ । साथै दुधको गुणस्तर पनि स्थिर राख्न सहयोगी हुन्छ । दुध दुहुने ठाउँमा हावाको पर्याप्त दोहोरो निकास एवम् प्रकाशको व्यवस्था गर्नु पर्दछ । जल निकासमा चुन छर्किने गर्नु पर्दछ । पशुहरुलाई पिउने पानी २४सै घण्टा दिनु पर्दछ ।
पशु आवासको सरसफाईका लागि पर्याप्त मात्रामा पनि उपलब्ध हुनु पर्दछ । पशु आवासको छानो राम्रो हुनुका साथै पर्याप्तमात्रामा हावा ओहोरदोहोर हुने हुनु पर्दछ । बन्द गोठलाई आरामदायक बनाउन पर्याप्त उचाई हुनु पर्दछ यदि खुल्ला गोठ छ भने त्यसको भुँइतल सmा एवम् सुख्खा हुनु पर्दछ । गोठको भुइतलमा भएको गोवर सोतर नियमित हटाउने व्यवस्था गरिनु पर्दछ ।

पशु स्वास्थ्य
स्वच्छ दुध एवम् लाभकारी दुग्घ व्यवसायका लागि पशु स्वास्थ्य पहिलो प्राथमिकता हुनु पर्दछ । रोगी पशुबाट प्राप्त दुधमा हानीकारक जीवाणु हुने गर्दछ जसले दुधको गुणस्तर एवम् त्यसको भणडारण अवधि कम गराउँछ । पशुहरुको संक्रामण रोगहरु खोरेत, टि.बी., थुनेलो भएको नभएको नियमित जाँचपरीक्षण गरिनु पर्दछ ।
जनु पशुहरु विरामी रोग ग्रस्त देखिए बैग्लै राख्नु पर्दछ । पशु आवासलाई संक्रमणबाट मुक्त राख्नका लागि नियमित रोगनासकको प्रयोग गर्नु पर्दछ । दुहुने बेला थुन एवम् थुनेलोको जाँच परीक्षण नियमित गर्नु पर्दछ । दुधालु पशुहरुलाई खोरेत, भ्यागुते, चरचरे, एनथ्य्राक्स विरुद्ध नियमित खोप दिनु पर्दछ ।
पशुहरुको छालाले दुषित गर्नेखाले जीवाणुहरुलाई बढी ठाउँ दिने गर्दछ त्यसैले पशुको पछाडी भाग, खुट्टा, पुच्छरका रौंहरु नियमित अन्तरालमा काट्ने गर्नुपर्दछ जसले गर्दा धूलो गोबर टाँसिन नपाओस् । त्यसैले पशुहरुलाई नियमित सरसफाई गर्नु आवश्यक हुन्छ ।

दुध उपकरण
डेरी उपकरण एवम् भाँडाकुँडाको सरसफाई एवम् रेखदेख शुद्ध दुध उत्पादनका लागि सबैभन्दा उपयुक्त ताि मानिन्छ । सामान्यतया दुध उपकरणहरु दुध दुहुने मेशीन, दुध टैंक आदि दुध दुहुनेदेखि भण्डारणसमम उपयोग गरिन्छ ।
दुध निकाल्नुभन्दा पहिले एवम् पछि भाँडाकुडाहरुलाई राम्रोसित सरसफाई गरिनाले किटाणुहरु हराउँदछन् दुधदुहुनु भन्दा पन्ध्र मिनेट पहिले उपकण एवम् भाँडाकुडालाई निसंक्रमण झोलले धुनाले दुध भण्डारण अवधि बढाउने छ । यसैले पशुको खानपान आवास एवम् स्वास्थ्य प्रवन्धनमा बढी ध्यान दिइनु पर्दछ जसले गर्दा पशु पनि स्वस्थ रहोस् एवम् दुधमा हानिकारक जीवारणु कम गर्न सकियोस् ।

स्वस्थ दुध दुहुने असल अभ्यास
दुधमा सुक्ष्म जीवाणुहरु, मेशिन मिल्किङ्ग एवम् हाथे दुहाई दुवैद्वारा प्रवेश गर्दछन् । हाथले दुध दुधदुहुने बेलामा दुहुने मानिसबाट संक्रमण सन्दुषण मेशिनले दुहुने भन्दा बढी हुन्छ । त्यसैले दुध दुहुने मानिस क्षयरोग जस्ता संक्रामक रोगबाट मुक्त हुनु पर्दछ ।
दुध दुहुने मनिसको नङ सफा एवम् काटिएको हुनु पर्दछ तथा सफा लुगा लगाएको हुनु पर्दछ । दुध दुहुनु भन्दा पहिले हात साबुन पानीले राम्रोसित घोएर सफा एवम् सुख्खा तौलियाले पुछ्नु पर्दछ । नियमित अन्तरालमा दुध दुहुनु, फाँचो थुनबाट पुरा दुध निख्रिने गरी दुहुनु एवम् दुध दुहुने बेलाको सरसफाइ महत्वपूर्ण हुन्छ ।

भण्डारण, पारवाहन एवम् चिस्यान
दुधमा जीवाणुहरुको बृद्धि रोक्नका लागि दुध भण्डारण, तापनको मुख्य भूमिका हुन्छ । शुद्ध दुध उत्पादनको फाइदा त्यतिबेलासम्म हुँदै जबसम्म दुधको भण्डारण तापमापलाई उचित राख्न नसकियोस् । दुध निकालीसकेपछि जति चाँडो चिसो पारिन्छ दुधको गुणस्तर त्यति नै राम्रो हुनेछ । दुध दोएको २ घण्टाभित्र दुधलाई चिसो पार्नाले जीवाणुको बृद्धि रोकिन सक्छ ।
यदि दुधलाई चिसो पार्न सम्भव नभए परिरक्षकहरु जस्तै लैकटोपराकसीडेजको उयोग गर्न सकिन्छ जसले दुधलाई बिग्रनबाट बचाउँछ । दुधलाई सफा विर्को भएको भाडँोमा तथा छायादार ठाउँमा राख्नाले सन्दुषण कम गर्न सकिन्छ । दुधलाई पारवाहन गर्दा सफा कन्टेनर प्रयोग गर्नु पर्दछ साथै पारवहनको समय छोटो हुनु पर्दछ । दुध पारवहन गर्दा हल्लिनु हुँदैन किनभने दुधमा हुने चिल्लो नौनी अक्सिजनको सम्पर्कमा विग्रने गर्दछ ।

अन्तमा,
सबै खाद्यपदार्थहरुमा दुध संकलन गर्नु एवम् त्यसलाई स्वच्छ तरिकाले वितरण गर्नु ुसबैभन्दा दुरुह कार्य मानिन्छ । शुद्ध, स्वच्छ, स्वस्थ दुधका लागि पशु एवम् दुध दुहुने मानिस दुवैले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । यसैले यिनिहरु सफासुग्घर हुनु अति आवश्यक हुन्छ । पशुहरुको स्वास्थ्यका लागि एउटा प्रभावकारी स्वास्थ्य सेवा दिइनु पर्दछ । यस बाहेक पशुहरुलाई उमेर समय तालिका अनुुसार पशुपालनका क्षेत्र प्रयोगशाला प्रमाणित प्रचलित रोगहरुका विरुद्ध खोप दिइनु पर्ने हुन्छ । एवम् सरुवा एवम् संक्रामक एवम् छुतगत रोगहरुको नियमित परीक्षण दक्ष पशुचिकित्सकीय सेवाको सहज उपलब्धता सुनिश्चित गर्नु पर्दछ ।
दुध विग्रनबाट बचाउन दुध संग्रह केन्द्रहरु सजिलै पुग्न सकिने ठाउँमा स्थापना गर्नुपर्दछ । शुद्ध दुध उत्पादनका लाग सरसफाईका साथसाथै कृषकहरुलाई आवश्यक जानकारीमूलक चेतना गराउन आवश्यक हुन्छ । दुध उत्पादनमा महिलाहरुको सहभागिता पनि सुनिश्चित गरिनु आवश्यक छ किनभने पशुपालन व्यवस्थापनमा महिलाहरुको मुख्य भूमिका रहन्छ । स्वच्छ दुध उत्पादन एवम् उच्च गुणस्तरयुक्त दुधजन्य पदार्थहरुको उत्पादनालाई सुनिचित गरी कृषकहरुको आर्थिक स्थितिलाई सुधार गरिनुका साथै जनस्वास्थ्य सुरक्षित गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्