पोखरा महानगरको मेयरमा धनराज विजयी



पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएका हुन् ।

मेयरमा विजयी आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गरेका छन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत प्राप्त गरे । राप्रपाका शंकर खरालले ५ हजार ६७४ मत प्राप्त गरे । लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले ३ हजार ३० मत प्राप्त गरेका छन्।

यसैगरी, उपमेयरमा एमालेकी उम्मेदवार गुरुङले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८४६ मतान्तरले पछि पार्दै विजयी भएका छन् । गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरे । राप्रपाकी रञ्जना सेन (रञ्जु) ले ५ हजार ५८१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्