काठमाडौँको उपमेयरमा सुनिता डंगोलको जित पक्का



काठमाडौं । काठमाडौँ महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको हो ।

अब करिब २४ हजार मत गन्न बाँकी रहेकोमा उनको अग्रता ४० हजारको छ । उनले ६० हजार मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको फराकिलो अग्रता कायमै छ ।

पछिल्लो मत परिणामअनुसार साहले ५४ हजार ७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० मत पाएकी छन् । साह र सिंहबीचको मतान्तर २० हजार १६९ छ । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितले ३३ हजार ९२१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्