लागुऔषधसहित दुई युवक पक्राउ



बारा । बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस)सहित दुई जना पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-१ भवानीपुर बस्ने वर्ष ४२ को निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोल बस्ने वर्ष ४० को ओसी अहमद रहेका छन् ।

कलैया उपमहानगरपालिका-१० मटिअर्वामा रहेको पुरानो चौकीस्थित सडकमा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकलमा चेकजाच गर्ने क्रममा लुकाइराखेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्