काठमाडौंमा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने १९ सय १६ सवारी चालक कारबाहीमा



काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यका भित्र ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९१६ जना सवारी चालकलाई कारवाही गरेको छ ।

मंगलबार काठमाडौंं उपत्यकामा विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५६ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६१ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६६ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४६ जना, लेन उल्लंघन गर्ने ३४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने २३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १९ जना चालकहरू पनि कारवाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्