कुनै गल्ती नगरी काम गर्छु : चिरिबाबु महर्जन



ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले कुनै गल्ती नगरी काम गर्ने बताएका छन् ।

बुधबार जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा सबै जनप्रतिनिधिसँग टिमवर्क बनाएर काम गर्ने बताउँदै यस्तो बताएका हुन् ।

त्यस्तै उनले नगरवासीलाई सधैँ शिरमा राखेर विकासका काम अगाडि बढाउने बताएका बताएका छन् । उनले आफूबाट कुनै पनि पक्षपात नहुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

अघिल्लो कार्यकालमा पनि महानगरपालिकामा धेरै काम गरेको भन्दै पुन महानगरको स्वरूप फेर्ने महर्जनको प्रतिवद्धता छ ।

प्रतिक्रिया दिनुहोस्