बेँसीसहर नगरपालिका कार्यपालिका सदस्यमा एमाले निर्विरोध



लमजुङ । लमजुङको बेँसीसहर नगरपालिकाको कार्यापालिका सदस्यमा ८ उम्मेदवार निर्विरोध चयन भएका छन्। पालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका ८ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार कार्यपालिका सदस्य ८ जनाका लागि एमालेबाट महिलातर्फ कल्पना थापा बोहरा, बुनादेवी रिमाल, विमला न्यौपाने अधिकारी, सुकमाया गुरुङ, मनिता परियारको उम्मेदवारी परेको छ।

दलित तथा अल्पसङ्ख्यकबाट हिरालाल विश्वकर्मा, श्रीनाथ सार्की र सुकमाया घर्तीको उम्मेदवारी परेको छ। सबै सदस्य सर्वसम्मत भएका छन्। गठबन्धन दलहरुले मनोनयन दर्ताको समयसम्म उम्मेदवारी दर्ता नगराएको सो कार्यालयले जनाएका छ।

मनोनयन दर्ताको समय विहान १० बजेदेखि ३ः३० बजेसम्म तोकिएको थियो। गठबन्धनको तर्फबाट उम्मेदवारी नआएपछि एमालेका उम्मेदवार निर्विरोध भएको सो कार्यालयले जनाएको छ। कार्यपालिका निर्वाचन जेठ १७ गतेका लागि तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्