रिलायन्सले गर्‍यो ४१ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी



इलाम । रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले कोभिडका कारण ज्यान गुमाएका इलामका प्रविन चापागाईंको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ। इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर रिलायन्सले ४१ लाख ७५ हजार रुपैयाँको चेक प्रदान गरेको हो।

उक्त चेक जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख केदार थापा र रिलाइन्सका सेल्स हेड सूर्यप्रसाद गुप्ताले प्रविन चापागाईंकी श्रीमती सीमा थापा सहित परिवारका सदस्यलाई हस्तान्तरण गरेको हो।

निर्माण व्यवसायी चापागाईंले ४१ लाख ७५ हजार रुपैयाँको जीवन बिमा गरेका थिए। उनले बिमा गरेको पहिलो किस्ता ४ लाख २२ हजार भुक्तानी गरेका थिए।

चपागाईंको कोरोनाको उपचारको क्रममा झापाको बिएण्सी अस्पतालमा मृत्यु भएको थियो। रिलायन्स लाइफ इन्सोरेन्सकी बिर्तामोड शाखा प्रमुख पवित्रा खवासले मानवीय क्षतिसँगै हुने आर्थिक क्षतिविरुद्धको सुरक्षा जीवन बिमाले गर्ने बताइन्।

मृतक चापागाईंको परिवारलाई दाबी भुक्तानी कार्यक्रममा निर्माण व्यवसायी संघका उपाध्यक्ष निर्मल राउतले चाँडै दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरे।

नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईंले धेरैले जीवन बिमाको लागि इच्छुक भए पनि आर्थिक अभावका कारण बिमा गर्न नसक्नेहरूलाई बैंक तथा वित्तीय संस्थाबाट लोन प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

यस्तै इलाम नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष नरेश श्रेष्ठले परिवारले पाएको दाबी भुक्तानी रकमले पीडित परिवारका लागी मलहम पट्टी हुने बताए।

बिमा कम्पनीका सेल्स हेड सूर्य प्रसाद गुप्ताले कम्पनीको चाहाना आफ्नो सदस्यको भौतिक र आर्थिक अवस्था स्थिर होस भन्ने चाहाना हुने गरेको बताए।

प्रतिक्रिया दिनुहोस्