मोरङमा श्रीमतीको हत्या गरेर फरार रहेका एक जना पक्राउ



मोरङ । मोरङको जहदा गाउँपालिका–२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो।

हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। घरायसी विवादमा दिनेशले फलामको रडले टाउको र कम्मरमा हिर्काएर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

आरोपीलाई जेठ १० मा पक्राउ गरेर अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्