नयाँ सम्बन्धमा तपाई आफ्नो पुरानो पार्टनरलाई किन खोज्नुहुन्छ ?



ब्रेकअप भइसकेपछि धेरै जसो मानिसको मुखबाट सुनिन्छ, त्यो मेरो टाइपको थिएन वा उ मेरो टाइपकी थिइन् ।

उसको र मेरो बानी मिल्दैनथ्यो । वा कसैसंग एक दुइपल्टको भेटघाटमै मानिसहरु भन्न थाल्छन् उ/उनी म जस्तो छैनन् ।

सम्बन्धको यस दौरानमा 'मेरो टाइपको' साथीको खोजी अन्तहिन छ । तर कसैले यो जान्ने कोसिस गरेको छ दुनियामा 'मेरो टाइपकाु' जस्तो केहि चिज छ त ?  

एक रिसर्चबाट यो कुरा सामुन्ने आएको छ की, हामी उमेरको अन्तर, शिक्षा, कपालको रंग, र उचाइलाई देखेर आफ्नो साथी चुन्छौँ । तर यो कुराको कुनै प्रमाण छैन मानिस आफ्नो आनीबानिको तवरले खास प्रकारको पार्टनर खोज्छन् ।  

तर, पछिल्लो समय एक रिसर्चको नतिजासामुन्ने आएको छ, जसबाट यो थाहा हुन्छ यदि तपाइ तपाइको टाइपको पार्टनर खोजिरहनु भएको छ भने तपाइलाई ऐनामा हेर्नुपर्ने आवश्यकता देखिन्छ । 

यो रिसर्च जर्मनीमा १२ हजार भन्दा धेरै मानिसहरुमाथि करिब ९ वर्षसम्म गरिएको थियो । यसमा उनै मानिसहरुलाई सहभागि गराइएको थियो, जो खुल्ला आनीबानीका थिए । जो सरल तरिकाले कोहिसंग पनि सहमत भइहाल्थे र इमान्दार थिए । 

रिसर्च टिमले यी मानिसहरुको रोमान्टिक सम्बन्धलाई पुरै ९ वर्षसम्म नियाले । यी मानिसहरुलाई पनि भनिएको थियो कि उनीहरु आ-आफ्नो पार्टनरलाई पनि यो रिसर्चको हिस्सा बन्न सहमति गराउन । 

९ वर्ष पछि यो रिसर्चमा मात्र ३३२ मानिस यस्तो थिए जो कमसेकम दुई वटा सम्बन्धसंग जोडिएका थिए । यति ठुलो सर्बेमा मात्र ३३२ मानिसहरुको एकभन्दा धेरै रोमान्टिक सम्बन्ध रहनु आश्र्चयजनक कुरा थियो । तर यसबाट रिसर्च एक नतिजामा पुग्न सक्यो, यी ३३२ मानिसहरुले आफ्नो वर्तमान पार्टनरको त्यहि गुण भने जो उनीहरुको पुरानो साथीमा थियो ।  

यसको मतलब यो भयो कि रिसर्चमा सहभागिहरुले आफ्नो पार्टनरलाई लिएर आफ्नो अपेक्षा बदलिएको छ भने पनि सत्य यो थियो कि उनीहरु आफ्नो पार्टनरमा खास गुण खोजिरहेका थिए र त्यो गुण उनीहरुको पहिलो पार्टरमा पनि थियो र अहिलेकोमा पनि त्यहि गुण भएर वर्तमान पार्टनरसंग उनीहरु जोडिएका थिए ।   

किन खोज्छन् आफ्नो टाइप पार्टनर 

यदि तपाइ कोहि साथी खोजिरहनु भएको छ भने हुनसक्छ जसको खोजी छ उसमा तपाइ आफ्नो एक्स यानीकि पुरानो पार्टनरको जस्तै गुण नै खोज्नुहुन्छ र मिल्दोजुल्दो भयोभने उ संग सरल तरिकाले जोडिनुहुन्छ ।  

रमाइलो कुरा त यो छ कि जर्मनीमा जुन रिसर्च भयो, त्यसमा न केबल साथीहरुको गुण एउटै जस्तो थियो, कतिको त पार्टनर नै उनीहरु थिए यानी कि पुरानै पार्टनर । 

हामी सबै आफ्नो वरिपरीको यस्ता मानिसहरुसंग जोडिन्छौँ, जसमा हाम्रो विचार र बानी मेल खान्छ । यस्तो सम्बन्धमा तपाइको आफ्नो बानी र विचार बदल्न चाहानुहुन्न ।  

कतिपय मानिस जीवनमा नयाँ नयाँ प्रयोग गर्नका लागि भिन्न भिन्न साथीहरुसंग समय बिताएर उनीहरुलाई बुझ्न चाहान्छन् । रिसर्चमा यो पनि पत्ता लाग्यो कि बहिर्मुखी मानिसहरुले आफू जस्तै आचरणका साथीहरुसंग रोमान्टिक सम्बन्ध बनाउने संम्भावना एकदमै कम हुन्छ । 

तपाइको पार्टनरसंग धेरै नै समानता भयो भने तपाइको विकासमा बाधा पुग्न सक्छ । यदि तपाइसंग जोडिनु पूर्व नै तपाइको पार्टनरको कुनै पुरानो सम्बन्ध थियो भने त्यहि सम्बन्धले तपाइलाई असरपनि पु-याउन सक्छ । किनकि नयाँ साथीको गुण उसको पुरानो पार्टनरसंग मिल्नसक्छ भने तपाइको लागि यो चिन्तित र निराशाको कुरा पनि हुनसक्छ । 

यसको उल्टो, यदि तपाइको वर्तमान साथीको आनीबानी तपाइको पुरानो पार्टनरसंग मिल्छ भने यसबाट बलियो सम्बन्ध बनाउन सजिलो हुन्छ । यसकारण, बढ्दो सम्बन्ध विच्छेदकमा यस कुरालाई लिएर दोष दिनुहुँदैन कि मानिसहरुलाई 'आफ्नो टाइप' को साथी पाइएन र सम्बन्ध टुट्यो । 

यधपि यस प्रकारको रिसर्चको यो मतलब होइन कि आफ्नो सोलमेटको खोजी तपाइलाई बन्द गर्नु पर्नेछ । जीवनसाथीको खोजीमा धेरै मुद्दाले असर पारिदिन्छ ।

तर, यदि तपाइको नयाँ सम्बन्ध/रिलेशनशिप स्टेटस पहिलेको जस्तै देखिन्छ भने यो अचम्मको कुरा हुँदैन् ।  

प्रतिक्रिया दिनुहोस्